Section 21
सजायको माग दाबीमा छुट
: (१) यस ऐन बमोजिमको कसूर गरेको भनी अभियोग लागेको कुनै अभियुक्तले आपूmले गरेको कसूर स्वीकार गरी सो कसूरका सम्बन्धमा प्रमाण जुटाउन, अन्य अभियुक्त वा त्यसको गिरोह वा मतियारलाई पक्राउ गर्न प्रहरी, सरकारी वकिल वा अदालतलाई सघाउ पुर्याएको र निजले पहिलो पटक कसूर गरेको रहेछ भने त्यस्तो कसूरमा अदालतले सजाय तोक्दा निजलाई हुने सजायको बढीमा पच्चीस प्रतिशतसम्म सजाय छुट दिन सक्नेछ ।
तर, निजले गरेको सहयोग अन्य सबुद प्रमाणबाट प्रमाणित नभएमा वा निजले प्रहरी वा सरकारी वकिललाई गरेको सहयोग प्रतिकूल हुने गरी अदालत समक्ष बयान दिएमा यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि निज उपर पुन मुद्दा दायर गर्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा यस दफा बमोजिम सजायको माग दाबीमा छुट दिन सकिने छैन ः-
(क) मुख्य अभियुक्तलाई सजायको माग दाबी छुट दिन,
(ख) बालबालिका बेचबिखन वा ओसारपसार गरेकोमा,
(ग) एकपटक सजाय छुटको सुविधा पाइसकेको ।